नेपालकी सूस्मा फाइनलमा
काठमाडाैं | माघ ८, २०७९
काठमाडौं: नेपालकी सूस्मा तामाङ थाइल्यान्डमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्नुभएको छ ।
आइबार भएको ४८ केजी तौल समूहको सेमिफाइनलमा सुस्माले मङ्गोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीको आधारमा पराजित गर्दै फाइनलमा स्थान बनाउनुभएको हो ।
फाइनलमा सुस्माले बुधबार ज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग प्रतिस्पर्धा गर्नुहुनेछ । च्याम्पियनसिपमा नेपालबाट तीन पुरुष र तीन महिला गरी ६ खेलाडीको सहभागिता रहेको छ ।
यस च्याम्पियनसिपमा कम्बोडिया, चीन, इन्डोनेसिया, इराक, काजकिस्तान, कुवेत, किर्गिस्तान, लाओस, मलेसिया, मङ्गोलिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, साउदी अरब, सिंगापुर, श्रीलङ्का, ताजिकिस्तान, आयोजक थाइल्याण्ड, उज्बेकिस्तान र भियतनाम गरी २० देशको सहभागिता रहेको छ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

